तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुको चाप बढेपछि काठमाडौँ जान दुई दिनसम्म कुर्नुपर्ने बाध्यता

file photo

बारा । बाराको सिमरा विमानस्थलमा यात्रुको चाप बढेपछि हवाई मार्ग हुँदै काठमाडौँ जान दुई दिनसम्म कुर्नुपर्ने बाध्यता सर्बसाधारणलाई आएको छ  । 


सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएपछि सार्वजनिक यातायातको भाडा विमानको भाडाकै हाराहारीमा पुगेको छ ।


हाल सिमरा–काठमाडौँ हवाई मार्गको भाडा २ हजार ८ सय ५० रहेको छ भने सिमराबाट काठमाडौँ जाने टाटा सुमो तथा यात्रुवाहक बसको भाडा २ हजारदेखि २ हजार २ सयसम्म रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button