तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम  । प्रदेश नंं २ का सरकारमा रहनुभएका दुई जना मन्त्रीले आज पदबाट राजीनामा दिनु भएको छ । 

प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा गर्नु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । दुवै जनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाउनु भएको छ । 

प्रदेश नंं २ सरकारमा नेकपा माओवादीलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्नका लागि जनता समाजवादी पार्टीबाट मन्त्री हुनु भएका दुवै जनाले राजीनामा दिनु भएको हो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री यादव तथा कुशवाहा प्रदेश २ सरकार बनेदेखि नै सरकारमा सामेल हुनु भएको थियो । 

यसैबीच दुवै जना मन्त्रीले बुझाउनु भएको राजीनामा प्रदेश नंं २ को मुख्यमन्त्री लालबाबु राउतले स्वीकृति गर्दै दुवै जनालाई आजै बिदाइ गर्नु भएको छ । 

प्रदेश २ को सरकारमा सामेल हुनका लागि नेकपा माओवादीले शक्तिशाली मन्त्रालय खोजेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिनका लागि स्वेच्छाले राजीनामा गरेको मन्त्री यादवले जानकारी दिनुभयो । 

जनता समाजवादी पार्टी नेपालमा दुई खेमा भएपछि प्रदेश नंं २ मा रहेका सो पार्टीका महन्थ ठाकुर निकटका जितेन्द्र सोनलसहित तीन जना राज्य मन्त्रीहरू डा. डिम्पल झा, अभिराम शर्मा तथा सुरेश मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले पदबाट अपदस्थ गर्नु भएको थियो । 

त्यस्तै नेकपा माओवादी केन्द्र आजै प्रदेश नंं २ को सकारमा सामेल हुने भएको छ । 

माओवादी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा रुवा कर्णलाई राज्यमन्त्रीको जिम्मा दिने तयारी गरिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button