तपाईँ सुन्दै हुनुहुन्छः

सत्ति भन्सार कार्यालयद्वारा १५ करोड ८५ लाखको राजश्व सङ्कलन

टीकापुर कैलाली । कैलालीको टीकापुरस्थित सत्ति भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा १५ करोड ८५ लाख रुपैयाँ राजश्व उठाएको छ । 

यो रकम खक्रौला भन्सारलाई दिएको लक्ष्यको १ सय ११ प्रतिशत रकम भएको सती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमल कुमार शाहले जानकारी दिनुभयो ।

खक्रौला भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड २३ लाख रुपैयाँ राजश्व उठाउनु पर्ने वार्षिक लक्ष्य तोकेको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ८० लाख राजश्व उठाएको थियो । त्यसको तुलनामा अहिले ३ गुणा बढी राजश्व उठाउन सफल भएको प्रमुख शाहले बताउनुभयो । 

आर्थिक वर्ष २०७८/०७९ का लागि करिब २० करोड राजश्व उठाउनु पर्ने लक्ष्य तोकेको समेत प्रमुख शाहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button