तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुर पक्षका नेताबीच भेटवार्ता

भक्तपुर ।  निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवासमा आज भएको दुई पक्षबीचको भेटवार्तामा सहकार्य जारी राख्ने तथा केही दिनमै थप राजनीतिक छलफलमा बस्नेबारे कुरा भएको जसपाका नेता शरद सिंह भण्डारीले जानकारी दिनुभयो । 

भेटवार्तामा आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीलाई भेट्न जसपा अध्यक्ष ठाकुर नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुग्नुभएको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलो पटक जसपा अध्यक्ष ठाकुर समूहले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको हो । 

अध्यक्ष ओली प्रधानमन्त्रीमा रहँदा उहाँलाई साथ दिँदै जेठमा जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा समेत सहभागी भएको थियो । 

करिब २ घण्टा भएको छलफलमा बदलिएको परिस्थिति अनुसारको भावी रणनीति तय गर्ने सम्बन्धमा नेताहरुबीच दुई पक्षीय सहमति भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button