बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको बासगढी नगरपालिका ३ का ३५ वर्षीया पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७३ जना र बाँकेका ३११ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्