तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

File Photo

बाल्टिमोर,मेरील्याण्ड। विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५ लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button