दमकबाट नगदसहित ११ जुवाडे पक्राउ

झापा । झापाको दमकबाट प्रहरीले शुक्रबार साँझ जुवाको खालबाट नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
दमक–ं७ हाटखोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले साँझ ६ बजे छापा मारी २ लाख ८ हजार ९५ रुपैयाँ नगद र १६ थान कौडासहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी ४० वर्षीय कर्णबहादुर राई, गौरादहका ४२ वर्षीय दिनेश अधिकारी, ३८ वर्षीय ईन्द्रकुमार राजवंशी, ३२ वर्षीय निर्मल थापा, ३४ वर्षीय अंकित कार्की, दमकका ४२ वर्षीय रामबहादुर धिमाल, ४० वर्षीय राजन दाहाल, ४४ वर्षीय गंगा पाठक, ३३ वर्षीय विजय सिंह, सुनसरी इटहरीका २६ वर्षीय मिलन राई र विक्रम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी राकेश थापाले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्