तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो ।

वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button