तपाईँ सुन्दै हुनुहुन्छः

शहिदनगर नगरपालिकाका ५० किसानलाई च्याप कट्टर मेसिन प्रदान

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका ५० जना किसानहरूलाई मोटरसहित च्याप कट्टर प्रदान गरिएको छ ।


परियोजनाको भैँसी ब्लक कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले आर्थिक वर्ष २०७७–७८ का लागि परियोजनाले प्रदान गरेको सशर्त अनुदान रकमबाट किसानसँगको सहकार्य एवं साझेदारीमा ५० प्रतिशत अनुदानमा घाँस काट्ने च्याप कट्टर मेसिन प्रदान गरिएको हो ।


कार्यक्रममा प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले भैँसी पालनमा संलग्न रहेका किसानलाई मेसिनबाट राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चरनको अभाव तथा जनशक्तिको अभावले भैँसी पालनमा कमी आएको बेलामा परियोजनाले ५० प्रतिशत अनुदानमा प्रदान गरेको च्याप कट्टर मेसिनबाट भैँसी सहितको वस्तु भाउलाई घाँस खुवाउनलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्ले पाण्डेले विगत केही वर्ष यता भैँसी पालनमा कमी आएकाले यसको बढोत्तरी गर्न आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button