तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

भद्रपुर, झापा । झापामा छुट्टाछुट्टै घटनामा बिहीबार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ भने भद्रपुर ६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी पिउने क्रममा पानी सर्किएर मृत्यु भएको छ । 

बिहीबार दिउँसो स्थानीय गँगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा सरोजलाई करेन्ट लागेको थियो । हाइटेन्सन लाइनमा तार जोडी खोल्समा करेन्ट प्रवाह गर्दा आफैलाई करेन्ट लागेका किसानको घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै, बिहीबार बिहानै आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासि पानी सर्किएर बेहोस भएपछि उपचारका लागि मेची अस्पताल पुर्‍याइएका अर्पणको दुई घण्टापछि नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button