जङ्गली हात्तीले घर भत्काउँदा बिर्तामोडमा सन्थाल परिवारको बिचल्ली

भद्रपुर, झापा । जङ्गली हात्तीले घर भत्काएपछि झापाको बिर्तामोड नगरपालिका, वडा नं ७ विरान बस्तीमा एक सन्थाल परिवारको बिचल्ली भएको छ ।
बिहीबार राति १२ः०० बजे दुई वटा जङ्गली हात्तीले फागु सोरेनको घर भत्काएर पूर्णरुपमा क्षति पुर्याएपछि सोरेन परिवारको बिचल्ली भएको हो ।
उनका तीन छोरा र तीन छोरी छन् । श्रीमतीको दुई वर्षअघि नै निधन भएको थियो ।
मजदुरी गरी गुजारा गर्ने सोरेन परिवारको घर हात्तीले भत्काएपछि बर्खामा निकै बिजोग भएको स्थानीय शिक्षक डिल्लीराम चम्लागाईले बताउनुभयो ।
घर भत्काउँदै गर्दा बिजुलीको तार चुँडिएर करेन्ट लागेपछि मात्र हात्ती भागेको शिक्षक चम्लागाईंले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्