नेपाल पक्षका नेताद्वारा बैठक स्थगन गर्न माग

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरूले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गर्नुभएको छ ।
ललितपुरको च्यानलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकका बिचमा पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलसहितका नेताहरू प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिनुभयो । डा रावलले शीर्ष तहमा छलफल र परामर्शमा बैठक चलाउन गर्न माग गरिएको जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिनुभयो । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।








प्रतिक्रिया राख्नुहोस्