तपाईँ सुन्दै हुनुहुन्छः

झापामा जारी निषेधाज्ञा थप एक साता थपियो

झापा । झापामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले खुकुलो रुपमा साउन ७ गते सम्म लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

झापामा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उहाँले बताउनुभयो । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघि बढ्ने उहाँको भनाई छ ।छोटो दुरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ ।

अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको उहाँले बताउनुभयो । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक–अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button