तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा नेपाल बैङ्क लिमिटेडको २ सय ८ औँ शाखा स्थापना

अछाम।पछिल्लो समय अछाम जिल्लामा विभिन्न बैङ्कका शाखाहरू स्थापना हुने क्रम जारी रहेको छ । कुनै बेला कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क मात्रै रहेका अछाममा हाल दुई दर्जन बढी बैङ्किङ संस्थाहरू जिल्लामा रहेका छन् ।

यसैबिच नेपालको सबैभन्दा पुरानो बैङ्क नेपाल बैङ्क लिमिटेडको शाखा अछामको साँफेबगरमा स्थापना भएको छ ।२ सय ८ औँ शाखाको रुपमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा नेपाल बैङ्क लिमिटेडको सेवा सञ्चालनमा आएको शाखा प्रमुख दिनेशराज जाेशीले बताउनु भयाे । नेपाल राष्ट्र बैङ्कको सबै बैङ्कले दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्नुपर्ने नीति अनुसार अछाम जिल्लामा शाखा स्थापना गरिएको उहाँको भनाइ छ ।

बैङ्कको उद्घाटन गर्दै साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले नागरिकलाई आर्थिक रुपमा मजबुद बनाउन बैङ्किङ शिक्षाको आवश्यकता रहेको बत्ताउनुभयो ।पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान अभावका कारण नागरिकसँग भएको पुँजी थन्किएको भन्दै बैङ्किङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन, नागरिकसँग भएको पुँजीको सदुपयोगको लागि बैङ्क तथा वित्तीय संस्थाले गाउँ गाउँमा बैङ्किङ शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । बैङ्क तथा वित्तीय संस्था मोटाउने सेवाग्राही दुब्लाउने कार्यको अन्त्य नभएसम्म नागरिको जीवन स्तर माथि उठ्न नसक्ने नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

यस्तै अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले बैङ्किङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैङ्कले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।नेपाल बैङ्क लिमिटेड साँफेबगर शाखाका प्रमुख दिनेशराज जोशीले बैङ्कबाट दिने सेवामा कुनै किसिमको झन्झट नभई सरल र सहज रुपमा प्रवाह गरिने बताउनुभयो । बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य समेत गर्ने भन्दै बैैंकिङ सेवाबारे जानकारी गराउने कार्य समेत तत्काल गर्ने शाखा प्रमुख जाेशीकाे भनाइ छ । अबको केही दिनमा दार्चुला जिल्लामा पनि शाखा विस्तार हुने उहाँले जानकारी दिनुभयो ।

अछाम जिल्लाको ढकारी र बिनायकमा नेपाल बैङ्क लिमिटेडको शाखा रहेकोमा सशस्त्र माओवादी विद्रोहका कारण द्वन्द्वकालमा २०५८ सालदेखि विस्थापित भएका थिए । उक्त शाखाको कार्य डडेल्धुरामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखाबाट हुँदै आएको जाेशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button