तपाईँ सुन्दै हुनुहुन्छः

रामाराेशन गाउँपालिकामा ८३ प्रतिशत बढी खर्च

अछाम। अछामको रामारोशन गाउँपालिकामा गत आर्थिक वर्षको अन्तिममा ८३.४ प्रतिशत बजेट खर्च भएको छ ।आर्थिक बर्ष २०७७/७८ मा ४९ करोड ८२ लाख २ सय ३३ रुपैयाँ बजेट मध्य चालुतर्फ जम्मा ३० करोड २१ लाख ७९ हजार, ३ सय ८५ रुपैयाँ अर्थात् ६०.६५ प्रतिशत बजेट विनियोजन गरिएको थियो भने पुँजीगत तर्फ १९ करोड ६० लाख ५४ हजार २ सय ९२ रुपैयाँ अर्थात् ३९.३५ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

रामारोशन गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ को अन्तिम सम्म आइपुग्दा ८३.४ प्रतिशत बजेट खर्च भएको छ ।चालु आर्थिक वर्षको हालसम्म खर्च भएको ८३ं.४ प्रतिशत मध्य चालुतर्फ ९२ प्रतिशत र पुँजीतर्फ ७३ प्रतिशत बजेट खर्च भएको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

अधिकृत भण्डारीले पुँजीगत तर्फ भन्दा चालुतर्फ बजेट बढी खर्च भएको बताउनुभयो ।गाउँपालिकामा चालु आर्थिक वर्षमा कोरोना भाइरसको महामारी तथा बाढी पहिरोले गरेको क्षेतीको बारेमा गाउँपालिका सक्रिय भएकाले पुँजीगत तथा विकासे तर्फको बजेट खर्च कम देखिएको उहाँले उल्लेख गर्नुभयो ।

रामारोशन गाउँपालिकामा विकास निमार्णका योजनाको सम्झौता समयमै सम्पन्न भएकाले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट समयमै खर्च गरेको बताउनुभयो ।अधुरा आयोजनाका लागि थप आएको ४ करोड रकम खर्च नभएकोले पुँजीगत खर्च कम भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button