तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो ।

सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button