तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ ।

यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button