पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या, काठमाडौँ लैजाने तयारी

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।
मेयर जिसीको उच्च रक्तचापका कारण देब्रे हातको एक नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।मेयर जिसीको स्वास्थ्य अवस्था बाहिर आए जस्तो जटिल नभएको पारिवारिक स्रोतले बताएको छ ।
मेयर जिसीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको जिसीका प्रेस संयोजक माधव बरालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्