तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप ७५ जना कोरोना सङ्क्रमणमुक्त

मकवानपुर । मकवानपुरमा थप ७५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट ७१ जना र संस्थागत आइसोलेसनबाट ४ जना गरी ७५ जना सङ्क्रमणमुक्त भएका हुन् । योसँगै जिल्लामा हालसम्म ११ हजार १५२ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९५ जनाको पीसीआर र ५२ जनाको एन्टिजेन गरी जम्मा १ सय ४७ जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । 

योसँगै जिल्लामा हालसम्म ११ हजार ९४९ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल ६ सय ६४ जना सक्रिय सङ्क्रमित रहेको तथा कोरोनाकै कारण मकवानपुरमा हालसम्म एक सय ३३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button