प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।
१ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा ३–३, भोजपुरमा २, सङ्खुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको छ ।
मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, केराबारीमा २,उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १–१, झापाको दमकमा २७, विर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
त्यस्तै सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३–३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, सूर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदबारीमा १, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्