५ महिनामा ४० जना हुन्डी कारोबारमा संलग्न पक्राउ, २ करोड भन्दा बढी रकम बरामद

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ५ महिना यता अवैध हुन्डीको कारोबारमा संलग्न ४० जनालाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट २ करोड ४१ लाख ९९ हजार ४ सय ९० रुपैयाँ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गत वैशाख २९ गते ८२ लाख ५० हजार रुपैयाँ अवैध हुन्डीको रकम सहित कलामुद्दिन अन्सारी सहित ३ जनालाई पक्राउ गरेको थियो भने जेठ १३ गते बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने प्रकाश जैसवालको साथबाट ५३ लाख ८० हजार रुपैयाँ अवैध हुन्डीको रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
त्यसै गरी पर्सा प्रहरीले चैत्र २५ गते जोखन राउत फकिरको साथबाट १६ लाख रुपैयाँ, भारतीय नागरिक कृष्ण जैनको साथबाट १६ लाख, जयराम राउत कुर्मीको साथबाट ८ लाख ४ सय ७० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो ।
५ महिनामा पर्सा प्रहरीले १२ नेपाली र २८ भारतीय नागरिक सहित अवैध हुन्डी कारोबारमा संलग्न ४० जनालाई पक्राउ गरी कारबाही गरेको समेत प्रवक्ता खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्