तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली

पाल्पा । पाल्पामा निषेधाज्ञा केही खुकुलो बनाई साउन १० गतेसम्म थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यस अघिको निर्णयलाई यथावत् राख्दै अत्यावश्यक पसलहरू भने बिहान ७ देखि दिउँसो ५ बजे सम्म सञ्चालन हुन पाउने निर्णय गरेको छ ।

बैठकले सार्वजनिक यातायात सञ्चालनमा जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेका छ । सार्वजनिक यातायात भने छोटो दूरीमा जिल्ला भित्र मात्र सञ्चालन हुनेछन् । भिडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भोज भतेर, शैलुन लगायतका क्षेत्र सञ्चालन हुन पाउने छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button