तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा २३ करोडको लागतमा स्मार्ट बसपार्क

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका र निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी बीच बसपार्क निर्माणको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

धरान उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको उपमहानगरका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

धरान वडा नम्बर ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने र बसपार्क २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता भएको बसपार्क ३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने छ । 

बसपार्क निर्माणमा ५० प्रतिशत सरकारको अनुदान रहनेछ भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरले व्यवस्थापन गर्नेछ ।  

उपमहानगर प्रमुख तिलक राईले लामो समयदेखि थाती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन लागिएको धरानको विकास र समृद्धिका लागि लामो समयदेखि बसपार्क निर्माण योजना थियो बताए । 

निर्माण व्यवसायी गीताञ्जली जेभीका सञ्चालक सपन दासले १५ दिनभित्र बसपार्क निर्माण थालिने जानकारी दिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button