बारामा ३८ वटा मानव अधिकार हननका घटना
बारा । अङ्ग्रेजी वर्ष सन् २०२१ को जनवरीदेखि जुलाई सम्मको ६ महिनाको अवधिमा ३८ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराद्वारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व प्रकाशन अर्धवार्षिक समीक्षा गोष्ठीमा इन्सेक प्रतिनिधि भोलानाथ पौडेलले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बारा जिल्लामा पुष १५ गतेदेखि असार १५ गतेसम्मको अवधिमा विभिन्न ३८ वटा मानव अधिकार उलङ्घनका घटनाहरू भएका छन् । जसमध्ये बाल यौन दुर्व्यवहार ३, बलात्कार नबालिका, गर्भवती, २, बलात्कार बलात्कार ९, अपहरण शरीर बन्धक ३, बहुविवाह २, नेता कार्यकर्ता गिरफ्तार १, हत्या ७, ज्यान मार्ने उद्योग ७ कुटपिट २,अक्सिजन अभाव १, सांगलोमा बाँधेर राखेका उद्धार १ जना गरी ३८ वटा हननका घटना घटेको हो ।
इन्सेक बाराको पूर्व प्रतिनिधि लक्ष्मी साहको अध्यक्षतामा भएको गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मानव अधिकारको हनन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउने बताउनुभयो ।
नागरिकको जीवधनको रक्षा सँगै अधिकारको ग्यारेन्टीका लागि आफु लागी परेको जानकारी दिनुभयो । राज्यको तर्फबाट मानव अधिकारको हनन हुन नदिनका लागि आफु निकै सजग र सचेत रहेको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कानुन कार्यान्वयनका लागि पनि प्रतिबद्ध रहेको भन्नुभयो ।
पूर्व मन्त्री कलावती पासवानले राजनीतिक दलहरूको दबाबका कारण निर्वाचित नवनिर्वाचित प्रतिनिधीहरुको गैर जिम्मेवारीपनले पनि हननका घटनाहरू बारामा बढिरहेको दाबी गर्नुभयो । राज्य र गैर राज्यमा राज्य पक्षबाट नै अधिकांश मानवअधिकारका घटनाहरू घटी रहेको हुँदा संवेदनशील हुन आग्रह गर्नुभएको थियो ।
सुवर्ण गाउँपालिकाका उपप्रमुख बबिता यादव, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, बारका अध्यक्ष सन्तोष गुप्ता, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, एकल महिला सञ्जालकी जिल्ला संयोजक ममता दली, शिक्षक किशोरी राम, वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता सुदिप कुमार राय, राष्ट्रिय अनुसन्धानका प्रमुख रेबन गच्छेदार लगायतले आफ्ना धारण राख्नुभएको थियो । कार्यक्रम सहजीकरण सिकेन्द्र पासवानले गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्