तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बाढी पहिरोबाट पाँच सय घरपरिवार प्रभावित

सल्यान । सल्यानमा बाढी र पहिरोबाट झन्डै सय घरपरिवार प्रभावित भएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा सल्यानका झन्डै पाँच सय घर परिवार बाढी पहिरोबाट प्रभावित भएको उल्लेख गरिएको छ । 
जिल्लाका १० वटै स्थानीय तहका तीन दर्जन बढी मानव बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कालीमाटी गाउँपालिकाको काप्रेचौर, कालीमाटी काल्चे, कालीमाटी रामपुर बाढीको उच्च जोखिममा रहेका छन् । 

यस्तै कपुरकोट गाउँपालिकाको धनवाङ्ग र सिनवाङ्ग, छत्रेश्वरी गाउँपालिकाको झिम्पे, सिद्ध कुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला, कुमाख गाउँपालिकाको मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ, बनगाड कुपिण्डे नगरपालिकाको निगालचुला, घाँजरीपिपल लगायतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताउनुभयो । 

उहाँले वर्षात भइरहेको र बाढी पहिरोको जोखिम बढ्न सक्ने भएकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरेर अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग प्राविधिक जनशक्ति, स्रोत साधनको अभाव छ हामीले योजना तयार पार्ने हो , यसको कार्यान्वयनका लागि मूलतः स्थानीय तह नै सक्रिय हुनुपर्छ ।”

दशक देखिको खारा पहिरोका कारण कपुरकोट बजार क्षेत्रका झन्डै एक सय परिवार प्रभावित भएका छन् भने ६ घरपरिवार विस्थापित भएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button