तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

बारा  । बाराको महागढीमाई नगरपालिकामा ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा एक  जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । 

जिल्लाको माहागढीमाई न.पा.२ स्थित भुतही पुल नजिकै बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको प्र.२–०३–००१ ख.०७१५ नं.को ट्रकले सोही दिशातर्फ आउँदै गरेको स.५ प.९५३७ नं.को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी सहायक निरीक्षक रमेश कुमार राउतको घटनास्थलमा मै मृत्यु भएको हो । 

पर्साको साविक लखनपुर–९ हाल सखुहवा प्रसौनी गाँउपालिका– ६ घर भएका ईलाका प्रहरी कार्यालय सन्तपुर रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक बर्ष ४४ का राउतको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

घटनास्थलमै मृत्यु भएको राउतको शव मुचुल्का पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button