तपाईँ सुन्दै हुनुहुन्छः

साउन ३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौँ । सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको अधिवेशन साउन ३ गते अपराह्न ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिनुभयो ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नु भएको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो

साथै सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र आयोगका पदाधिकारीको पदावधि एक बर्ष थप गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button