गरिब तथा विपन्न परिवारलाई सोलार सेट वितरण

भोजपुर । बिद्युतीकरणबाट वञ्चित आफ्ना नागरिकलाई भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले सोलार वितरण गरेको छ ।
गाउँपालिकाले गरिब तथा विपन्न परिवारका लागि सोलार सेट वितरण गरेको हो । गाउँपालिकाले बिद्युत् सेवा पुग्न नसकेका ८२ परिवारलाई सोलार सेट वितरण गरेको छ ।
पालिका भित्रका ६ वटै वडामा बिद्युतीकरण भई नसकेकाले सोलार सहयोग गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “पौवादुङमा गाउँपालिका भित्र बिद्युत्को पहुँच नपुगेका र बिद्युत् जडान गरी बत्ती बाल्नबाट वञ्चित भएका नागरिकहरूलाई वडाको सिफारिसमा सोलार सेट वितरण भएको छ ।”
गाउँपालिका भित्र बिद्युत् बिस्तारको काम समेत भइरहेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा समेत पालिका भित्रका २ सय ५२ घरपरिवारलाई सोलार सेट वितरण गरेको थियो ।
सधैँ अँध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएपछि पालिकाका नागरिकहरू समेत हर्षित बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्