तपाईँ सुन्दै हुनुहुन्छः

घाँस काट्न जाने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ ।  बागलुङको गलकोट नगरपालिकास्थित काँडेबासमा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । 

गलकोट नगरपालिका– ८ पचुवाका ३३ वर्षीय अशोक कडेलको घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरी चौकी हटियाका प्रमुख बाबुराम पुरीले जानकारी दिनुभयो । 

बुधवार दिउँसो १२ः०० बजे घाँस काट्न भनेर गएका कँडेल अबेरसम्म घर नफर्केपछि साँझ साढे ६ः०० बजे खोजी गर्दै जाँदा पानीको कुलोमा बेहोस अवस्थामा फेला परेपछि उपचारको लागि अस्पताल लाने क्रममा निधन भएको प्रहरीले जनाएको छ  । 

घाँस काट्नका लागि समातेको हँसिया र नाम्लो समेत साथमै रहेकाले पानीको कुलोमा लडेर निधन भएको हुन सक्ने प्रहरीको भनाई छ । 

कडेलको शव पोष्टमार्टनको लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button