तनहुँको आँबुखैरेनीमा पोखरी संरक्षण तथा वृक्षारोपण अभियान

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा पोखरी संरक्षण तथा वृक्षारोपण अभियान सञ्चालन गरिएको छ ।
गाउँको सुन्दरता कायम गर्न वातावरण मैत्री विकास गर्न अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
वर्षौँ पहिले रोपिएका वर पिपल, संरक्षण गर्ने, मासिएको स्थानमा वृक्षारोपण गरी हुर्काउने र मर्मत सम्हारका कार्यहरू भइरहेको छ, गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो ।
‘‘प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरको प्रयोग र स्थानीयवासीलाई समेत सहभागी बनाएर मर्मत सम्भार र संरक्षणको काम भइरहेको छ’’ अध्यक्ष थापाले बताउनुभयो । धार्मिक तथा पर्यावरणमा टेवा पुग्ने विश्वास गाउँपालिकाको छ ।
सम्पदालाई संरक्षण गर्न प्रधानमन्त्री रोजगारमा आबद्ध मजदुर परिचालन गरिएको छ ।
अभियानको क्रममा दश वटा चौतारी सातवटा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । ६ वटै वडामा अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
‘‘मानव र वन्यजन्तु ुबीचको द्वन्द्व कम गर्न भूक्षय रोक्न, हरियाली बढाउन र पशु आहाराको वृक्षारोपणको अभियान नै सञ्चालन गरिरहेका छौँ जसअन्तर्गत १८ हजार पाँच सय बिरुवा रोपण गर्ने काम सम्पन्न भएको छ ।” प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो ।
धार्मिक स्थलमा आवतजावत गर्ने, गाउँबाट सदरमुकाम तथा अरू ठाउँमा जाने बटुवालाई लक्षित गरी धार्मिक आस्थाका आधारमा रोपिएका वर पिपल, समी र आँपका चौतारीको संरक्षण गर्ने घोरेटो बाटो निर्माणमा रोजगारी दिइएको प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक कमला गैरेले बताउनुभयो ।
७ सय ७ जना मध्ये यस कार्यको लागि ५ सय ६६ जना परिचालन गरिएको संयोजक गैरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्