चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप

चितवन । चितवनमा पुन निषेधाज्ञा लम्ब्याएर साउन ७ गतेसम्म थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज आदेश जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो । जारी निषेधाज्ञा आज (बिहीबार) राति १२ बजे सकिँदै छ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको जनाएको छ । थपिएको निषेधाज्ञा यसअघि गरिएको निषेधाज्ञाका आदेशहरूलाई निरन्तरता दिइएको छ ।
बढी भिडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस, धार्मिक स्थल हुने गतिविधिलाई रोकिएको छ । भने घरमै सञ्चालन गर्ने संस्कारका कार्यहरूलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारी निषेधाज्ञा उल्लेख छ ।
अन्य व्यवसाय तथा सेवा दिइने कामहरुको हकमा यसअघि गरिएको निषेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ ।








प्रतिक्रिया राख्नुहोस्