कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको जानकारी दिनुभयो । बैठक अब शुक्रबार बस्ने पौडेलले जानकारी दिनुभयो ।
यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्