तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरूको सञ्चार तथा यातायात खर्च निकासा भएको छ ।भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधवार अर्थ मन्त्रालयले निकासा गरेको हो ।

असार १३ गते प्राविधिकहरूको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरूले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।

त्यसअघि, असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरूलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button