तपाईँ सुन्दै हुनुहुन्छः

भाडा वृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायी आन्दोलित

सल्यान । भाडा वृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायीहरू आन्दोलित भएका छन् । 

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै अटो व्यवसायीहरूले भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन । 

दुई वर्ष अघि ९६ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ हुँदा ६० रुपैयाँ रहेको श्रीनगर खलङ्गाको भाडा रहेको तर अहिले १ सय ३३ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ पुगेको र पुरानै भाडामा यात्रु बोक्न नसकिने सल्यान यातायात सेवा प्रा.ली.का अध्यक्ष लोक बहादुर खत्रीले बताउनुभयो । 

पेट्रोलियम पदार्थको मूल्य बढेपछि अटो व्यवसायीले ६० बाट ८० रुपैयाँ भाडा बढाउँदा प्रशासनले रोक लगाएको अध्यक्ष खत्रीले बताउनुभयो । बढी भाडा असुली गरेको आरोपमा केही अटोलाई प्रशासनले नियन्त्रणमा लिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई छ ।

भाडा बढाउने विषयमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकामा पटक पटक धाउँदा पनि कुनै सुनुवाइ नभएको अध्यक्ष खत्रीले बताउनुभयो । 

भाडा वृद्धि र बढी भाडा लिएको अनि नियन्त्रणमा लिएका अटो नछोडेसम्म कुनै पनि अटो सञ्चालन नगर्ने अटो व्यवसायीहरूको भनाई छ । 

जिल्लामा सल्यान यातायात सेवा प्रा.ली. आर. एस यातायात सेवा प्रा.ली. शिव गुफा यातायात प्रा.लिमा झन्डै ८० भन्दा बढी अटो रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button