पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा पम्प बन्द

कञ्चनपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा पाँच विद्यार्थी सङ्गठनले केन्द्रमा वृद्धि गरिएको मूल्य फिर्ताको माग अघि सारेर आन्दोलन गरिरहेका बेला कञ्चनपुरमा समेत पेट्रोल पम्प बन्द गराएका छन् ।
केन्द्रीय कार्यक्रम अनुरूप कञ्चनपुरमा आज अखिल क्रान्तिकारीले पेट्रोल पम्प बन्द गराएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष प्रेम रावलले क्रान्तिकारीको अगुवाइमा नेविसंघ, नेपाल समूहको अनेरास्ववियू, अखिल छैटौँ, जसपा(यादव–भट्टराई) पक्षीय विद्यार्थी सङ्घ सङ्गठनले बन्द गराएको बताएका छन् ।
अखिल क्रान्तिकारीले जनताको ढाड सेक्ने गरी आयल निगमले इन्धनको मूल्य वृद्धि गरेर कोरोना महामारीबाट सङ्कटमा परेमा जनतामाथि भार थुपारेको बताएको छ ।
क्रान्तिकारी कञ्चनपुरका अर्का नेता सङ्गठनले अघि सारेको मागमा बेवास्ता गर्दै पेट्रोल पम्प खोलेर इन्धन बिक्री गरे कारबाहीको चेतावनी दिए । इन्धनको मूल्य बृद्धिसंगै विद्यार्थी सङ्घ सङ्गठन आन्दोलित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्