तपाईँ सुन्दै हुनुहुन्छः

निवर्तमान प्रधानमन्त्री ओलीले बालकोट पुगेर भन्नुभयो, -‘पार्टीमा नेपालले आत्मालोचना गर्ने ठाउँ छैन’

भक्तपुर ।  निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेता माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

सरकारी निवास बालुवाटार छोडी निजी निवास बालकोट पुग्नुभएका ओलीले समर्थकहरूलाई सम्बोधन गर्दै सरकार एमालेको सरकार ढाल्न नेता नेपालले अगुवाइ गरेको बताउनुभयो ।

उहाँले अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको र नेपाली जनताको अधिकार खोसिएको बताउनुभयो ।

चुनावपछि फेरि आफू नै प्रधानमन्त्री बन्ने बताउँदै उहाँले आफू गल्ती गरेर र काम गर्न नसकेर नभई राम्रा काम गर्दागर्दै षड्यन्त्रका कारण पदबाट बाहिरिनुपरेको बताउनुभयो ।

उहाँलाई बालुवाटारबाट पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पुर्‍याएका थिए ।

ओली सर्वोच्च अदालतले प्रधानमन्त्री पदबाट पदमुक्त गरेपछि बालकोट फर्कनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button