तपाईँ सुन्दै हुनुहुन्छः

चिमडीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

सुनसरी  । कृषि ज्ञान केन्द्र सुनसरीले बर्जू गाउँपालिकाको किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ ।
धान खेती ब्लक कार्यक्रममा आबद्ध बर्जू गाउँपालिका–६ चिमडीका किसानलाई कृषि औजार  हस्तान्तरण गरेको हो ।

धान खेती ब्लक कार्यक्रममा आबद्ध किसानलाई कृषि औजारमा एउटा रोटाभेटर, १ थान थ्रेसर, १ कल्टी, ५० वटा स्प्रे मेसिन , ५० थान त्रीपाल, ५० किसान किटनाशक औषधि  र एक थान हेरो हस्तान्तरण गरिएको जनाएको छ । 

चिमडीमा किसानलाई कृषि औजार कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत योगेन्द्र प्रसाद यादव बर्जू ६ नम्बर वडा अध्यक्ष विनोद कुमार चौधरीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button