तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई उन्नत जातको बङ्गुर वितरण

सुनसरी    । सुनसरीको कोसी गाउँपालिकामा सञ्चालित पशु पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातको बङ्गुरको पाठा वितरण गरिएको छ ।

बङ्गुर पालक कृषकहरूलाई बङ्गुर पालन व्यवसायलाई अझ व्यावसायिक बनाउन कूल ६५ वटा पाठा र  २ वटा वीर वितरण गरिएको हो ।

नवदुर्गा बङ्गुर पालक कृषक समूहलाई २५ वटा पाठा र १ वटा वीर हस्तान्तरण गरिएको छ  । 

सप्तकोसी बाढी पीडित सामुदायिक विकास संस्था, सूरज बङ्गुर पालन समूह र बङ्गुर पकेट क्षेत्र विकास कार्यक्रमका लागि आव्हान भएको सार्वजनिक सूचना बमोजिम आवेदन दिने समूह÷फर्महरूलाई प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी संयोजकत्वको प्राविधिक समितिको सिफारिस बमोजिम पकेट क्षेत्रका लागि समूह छनौट गरिएको थियो । 

वितरण गरिएको बङ्गुर ठेक्का प्रक्रियाबाट छनौट भएका आपूर्तिकर्ता भूमि एग्रिकल्चरले आपूर्ति गरेको कोसी गाउँपालिकाको पशु शाखा प्रमुख गोसाईं यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button