तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध गाँजासहित भारतीय नम्बरको ट्रक, नेपाली नम्बरको कन्टेनर नियन्त्रण

मकवानपुर । मकवानपुर प्रहरीले दुई क्विन्टल लागु औषध गाँजासहित भारतिय नम्बर प्लेटको ट्रक र नेपाली नम्बर प्लेटको कन्टेनसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पुर्वपश्चिम राजमार्ग अन्तरगत हटौंडा–१५ रातोमाटेबाट BR-01-GG-9495 नम्बरको भारतीय ट्रक र हेटौंडा–१९ स्थित नेवारपानीबाट ना ६ ख ३७४१ नम्बरको कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–१५ रातोमाटे स्थित पूर्वपश्चिम राजमार्गमा हेटाँैडाबाट बिरगंगतर्फ जाँदै गरेको भरतीय नम्बर प्लेटको ट्रकमा चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको १सय६९ किलो लागुऔषध गाँजा फेला परेको जनाएको छ ।

प्रहरीले लागुऔषध गाँजासहित उक्त गाडीका चालक भारत मोतिहारी बस्ने बर्ष ३० का रविन्द्र राय र सहचालक सोही स्थानका बर्ष ३१ का मुक्तार सैफिकलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

त्यस्तै बुधबार बिहानै हेटौंडा–१९, नेवारपानी स्थित पूर्व पश्चिम राजमार्गमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीमा चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको ४० किलो लागुऔषध गाँजासहित नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–४ बस्ने बर्ष १९ का दिपक गुरुङलाई नियन्त्रणमा लिएको जनाएकोे छ ।

गुरुङलाई लागुऔषध गाँजा र कन्टेनरगाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button