तपाईँ सुन्दै हुनुहुन्छः

देवघाटको ऐतिहासिक घण्टाचुली पर्यटन विकास क्षेत्रको सम्झौता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक घण्टाचुली पर्यटन विकास क्षेत्रको सम्झौता गरिएको छ ।देवघाट गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेको क्षेत्रको मृत सञ्जीवनी शिव शक्ति र इको कम्पनी हेटौँडाले संयुक्त सम्झौता भएको छ।

सम्झौता पत्र आदानप्रदान गर्दै ऐतिहासिक घण्टाचुली विकास पर्यटन क्षेत्रको निर्माण कार्यलाई सहयोग र सहज गर्न देवघाट गाउँपालिका तयार रहेको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताउनुभयो ।

प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कनमा मृत सञ्जीवनी शिव शक्ति र इको कम्पनी हेटौँडाले संयुक्त हेटौँडा पहिलो नम्बरमा परेको थियो।बोलपत्रको मूल्याङ्कन प्रक्रिया पुरा गरी सम्झौता गरिएको हो। सो ऐतिहासिक घण्टाचुली पर्यटन विकास क्षेत्रको निर्माण कार्य २०८० साल असार मसान्तसम्म भित्र सम्पन्न गर्नुपर्ने छ।

सो ऐतिहासिक घण्टाचुली पर्यटन विकास क्षेत्रको निर्माणको लागि नेपाल सरकार पर्यटन मन्त्रालय बाट ३ करोड ५० लाख देवघाट गाउँपालिका १ करोड ५० लाख गरी मूल्य वृद्धि संयोजन र भइपरी खर्च सहित ५ करोड छुटाए पनि सो को टेन्डर आभन गरेकोमा टिघटाउमा सबै भन्दा कम टेन्डर हाल्ने निर्माण व्यावसायिक फर्म मृत सञ्जीवनी शिव शक्ति र इको कम्पनी हेटौँडाले २ करोड ९४ लाख हालेको फर्म स्वीकृत भई सम्झौता भएको हो।

करिब ३ सय रोपनी क्षेत्रफल भएको जमिन भएता पनि करिब दुई रोपनी क्षेत्रफल भित्र भ्यु टावर,लिफ्टिङ्ग खानेपानी,पौज मार्ग स्तर उन्नति,रानि पोखरी निर्माण, ऐतिहासिक दरबरको संरक्षण, पैदल मार्ग निर्माण गेट,पिकिनि इस्प्रोट,चौकिदार भवन क्यान्टिन आदि बन्ने देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button