हेटौँडामा अनिवार्य मास्क अभियान सञ्चालन

मकवानपुर । मकवानपुरको हेटौँडामा आजबाट अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा विभिन्न संघसंस्थाहरुले आजबाट हेटौँडामा एक हप्ताका लागि भिडभाड हुने विभिन्न स्थानमा मास्क अभियान सञ्चालन गरिएको हो ।
हेटौँडामा जारी निषेधाज्ञा आइतबारबाट थप खुकुलो बनाइएको अवस्थामा निजी तथा सार्वजनिक सवारी साधनहरू चल्न थालेको तथा हेटौँडा बजार क्षेत्रमा व्यवसाय तथा यातायातहरू खुलेपछि चहलपहल बढेको जसका कारण कोरोना सङ्क्रमणको प्रभाव अझै कायमै रहेकाले मास्क अभियान सञ्चालन गरिएको हो ।
विशेष गरी बजार क्षेत्रमा धेरैजसो व्यक्तिहरू मास्क नै नलगाई र न्यूनतम भौतिक दुरीको पालनासमेत नगरी हिँड्ने गरेको पाइएकाले सतर्कता अपनाउन निर्देशन मास्क अभियान सञ्चालन गरिएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा मास्क लगाउन, भौतिक दूरी पालना गराउने लगायतका जनस्वास्थ्यका मापदण्डहरू पालना गराउन अभियान नै सञ्चालन गर्नुपर्ने देखिएकाले हेटौँडा बजार क्षेत्रमा मास्क अभियान सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
हाल एक हप्ताका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हेटौँडाका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गर्न हेटौँडामा रहेका विभिन्न संघसंस्थाहरुलाई स्थानअनुसार जिम्मेवारी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार मङ्गलवार बिहान ७ बजेदेखि हेटौँडाका १२ स्थानमा मास्क अभियान सञ्चालन गरिएको छ । भने बैंकर्स, यातायात र लेखापढीका संघसंस्थाहरुलाई भने आफ्नो कार्यक्षेत्रमा मास्क अभियान सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्