तपाईँ सुन्दै हुनुहुन्छः

महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

काठमाडौं ।सरकारका कानुनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । बडालले भन्नुभयो, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।”

सरकारको कानुनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले तीन महिना २१ दिन काम गर्नुभयो । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button