प्रहरीलाई पैसा खुवाउन खोज्ने चालक नियन्त्रणमा

काभ्रेपलाञ्चोक । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै तीन जना सवारी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
अरनिको र बिपी राजमार्गमा सवारी जाँच गर्ने क्रममा प्रहरीलाई पैसाको प्रलोभनमा पार्न खोज्ने ३ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं। ३ घर भएका आईचर गाडी चालक बल बहादुर तामाङ रहेका छन् । त्यसैगरी सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भएका टिपर चालक केदार थापा र सोही टिपरका सहचालक भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ का सन्तोष श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले राजमार्गमा आफूखुसी पे्रसर हर्न जडान गरी राजमार्गमा र सहरी, विद्यालय, अस्पताल लगायतका क्षेत्रहरूमा अनावश्यक रुपमा पेसर हर्न बजाई ध्वनि प्रदूषण गर्ने, ओभरलोड बोक्ने तथा पानी चुहाउने सवारी साधनलाई कारबाही गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्