नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङ डाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडक खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
ओभरटेक नगरीकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षाको समयमा पहिरो खसी पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभाबी ओभरटेक गर्दा पहिरो पन्छाई सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ ।








प्रतिक्रिया राख्नुहोस्