तपाईँ सुन्दै हुनुहुन्छः

निस्दी गाउँपालिका–४,वडा अध्यक्षको निधन

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ ।

नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुनारीलाइ स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि अस्पताल लगिएको थियो । उनमा कमजोरी महशुस हुने समस्या पहिलेदेखी रहेको र जटिलता उत्पन्न भएपछि उपचारका लागि लगिएको छोरा सुवास सुनारीले बताउनुभयो ।

५२ वर्षीय सुनारीको उपचारको क्रममा राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । मृतक सुनारीको आजै रामपुरघाटमा अन्तेष्टी गरिने परिवार स्रोतले जनाएका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button