मकवानपुरमा थप ७४ जनामा संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २६ जनामा गरिएको पीसीआर परीक्षणमा ४१ जना र १ सय ८५ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप ३३ जना गरी थप ७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा थप ६० जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भई होम तथा संस्थागत आइसोलेसनमा रहेका ६० जना कारोना सङ्क्रमणमुक्त भएका हुन ।
जिल्लामा हाल ६ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेकामा ५ सय ७५ जना होम आइसोलेसनमा र ६२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्