तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको मारमा चलचित्र क्षेत्र

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि करिब डेढ वर्षदेखि भएको पटक पटकको लकडाउन एवं निषेधाज्ञाका कारण चलचित्र क्षेत्र लामो समयदेखि ठप्प रहेको छ ।

सिनेमा हलहरू खुला गर्दा र चलचित्र छायाङ्कन गर्दा भिडभाड बढ्ने, जसका कारण संक्रमण झन् बढ्ने हुँदा चलचित्र क्षेत्र खुला नगरिएका हुन । यद्यपि, स्वास्थ्यको मापदण्ड अपनाएर पनि खुला गर्नुपर्ने माग चलचित्र क्षेत्रको छ । 

नेपालमा कोरोना संक्रमण सुरु भएसँगै झन्डै डेढ वर्ष अघिदेखि सिनेमा हलमा पुगेर दर्शकले चलचित्र हेर्न पाएका छैनन् । सिनेमा हलहरू बन्द हुँदा आम मानिस चलचित्र हेर्नका लागि विभिन्न सामाजिक सञ्जालमा आश्रित भएका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको पटक–पटकको लकडाउन एवं निषेधाज्ञाका कारण चलचित्र क्षेत्र मात्र होइन, विद्यालयको पठनपाठन, उद्योग व्यवसाय, कलकारखानादेखि समग्र क्षेत्र ठप्प प्रायः बनेका छन् । 

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै हाल व्यापार व्यवसाय, अन्य उद्योगधन्दा तथा सवारी साधनहरू खुले पनि चलचित्र क्षेत्र भने यसबाट पुर्णरुपमा प्रभावित बन्दै आएको छ । 

चलचित्र विकास बोर्डले कोरोना महामारीकै बीचमा स्टोरी बैङ्कको अवधारणा र अन्तर्राष्ट्रिय स्तरमा चलचित्रका अवैतनिक दूतहरू राख्ने अवधारणा कार्यान्वयनमा ल्याएको छ भने अत्याधुनिक फिल्म स्टुडियो निर्माणका लागि पनि काम सुरु गरी टेण्डरको क्रममा रहेको जनाएको छ ।

भिडभाडमा बसेर निर्माण गर्नुपर्ने र भिडभाडमै बसेर हेर्नुपर्ने भएकाले पनि चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो ।

सरकारले कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारीमा रहेकाले खोप सबैलाई उपलब्ध गराउन सकेमा त्यसबाट मानिसमा आत्मविश्वास बढ्ने र  कोरोना संक्रमण कम भएमा स्वास्थ्यका मापदण्ड पालना गरेर भए पनि सिनेमा हलहरू सञ्चालन गर्ने सोचमा रहेको बोर्डका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

चलचित्र विकास बोर्डले कोरोना महामारीकै बीचमा स्टोरी बैङ्कको अवधारणा र अन्तर्राष्ट्रिय स्तरमा चलचित्रका अवैतनिक दूतहरू राख्ने अवधारणा कार्यान्वयनमा ल्याएको छ भने अत्याधुनिक फिल्म स्टुडियो निर्माणका लागि पनि काम सुरु गरी टेण्डरको क्रममा रहेको जनाएको छ ।

यसै गरी सातै प्रदेशमा चलचित्र छायाङ्कन स्थल पहिचान गर्ने सरकारको लक्ष्य अनुरूप प्रदेश र स्थानीय तहको संलग्नतामा स्थान छनौटको कार्य पनि सम्पन्न भइसकेको छ भने यसबाट आन्तरिक एवं अन्तर्राष्ट्रिय सिने पर्यटकको विकासमा सहयोग पुग्ने  चलचित्र विकास बोर्डले जनाएको छ ।

कोरोनाका कारण भौतिक रुपमा गरिने कामहरू प्रभावित भए पनि नीतिगत रुपमा गर्नुपर्ने महत्त्वपूर्ण कामहरूलाई भने चलचित्र विकास बोर्डले उल्लेख्य रुपमा गरिरहेको बताउनुहुन्छ बोर्डका अध्यक्ष दाहाल । 

अन्य व्यावसायिक क्षेत्र झैँ चलचित्र क्षेत्रमा पनि कोरोनाले पारेको असरको पूर्ति गर्न चलचित्र क्षेत्रले राहत समेत माग गरेको छ । कोरोना संक्रमण नियन्त्रणमा आएपछि यसको निर्माण, प्रदर्शन र वितरणको पक्षलाई पुनः सुचारु गर्न सकिने आशामा चलचित्रकर्मीहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button