तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा इन्जिनियर कोठामा मृत फेला

अछाम । अछाममा एक जना इन्जिनियर मृत भेटिएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिकामा कार्यरत अछामको पञ्च देवल विनायक नगरपालिका वडा नम्बर ६ लयाँटी घर भएका इन्जिनियर हिक्मत बुढा मृत अवस्थामा भेटिएका छन् । 


आज बिहान करिब ११ बजेतिर कार्यालयबाट कोठा गएका करिब ३२ वर्षीय इन्जिनियर बुढा कोठामा झुन्डिएको अवस्थामा फेला परेको अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

अबेर सम्म पनि कार्यालयमा नआउँदा सेवाग्राही बुढाको कोठा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिएको बताइएको छ । 


घटनाबारे थप अनुसन्धान भइरहेको र थप प्रहरी परिचालन गरी घटनाबारे छानबिन गरिने डिएसपी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button