पोखरीमा डुबेर वृद्धको मृत्यु
वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ६ गमहरियामा एक जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बहुदरमाइ नगरपालिका वडा नम्बर ६ गम्हरिया निवासी ६५ वर्षीय नगिना साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
राती शौच गर्न गएका बेला कानुको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुतेको स्थानबाटै राति अचानक बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेको र रातिदेखि नै खोजतलास गर्दा नागिनाको शव पोखरीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्