तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

चितवन । चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बर बढेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन २११ जना कोरोना संक्रमित थपिएका हुन् । जुन सङ्ख्या अघिल्ला दिनहरूको भन्दा दोब्बर बढी हो ।

आइतबार ४२ जनामा र शनिबार १११ जनामा कोरोना संक्रमण देखिएको थियो । असार महिनामा पहिलो पल्ट कोरोना सङ्क्रमितहरूको सङ्ख्या २११ पुगेको हो ।चितवनमा डेल्टा भेरियन्ट देखिएसँगै कोरोना संक्रमण बढेको चिकित्सकहरूले बताएका छन् । आज थपिएका संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनीमा ६ जना, माडी नगरपालिकामा ५ जना, रत्ननगरमा ६ जना, राप्तीमा २ जना, कालिकामा ८ जना र इच्छाकामनामा १ जना रहेका छन् ।

यो सँगै चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४५० पुगेको छ । कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक मानिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button